महन्थ ठाकुर वैकल्पिक सरकार गठनको विपक्षमा



काठमाडौं । नयाँ सरकार गठन विषयमा जनता समाजवादी पार्टीमा विवाद देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव ओली सरकार विस्थापित गरी नयाँ सरकार गठनमा लागेका बेला अर्का अध्यक्ष महन्थ ठाकुले भने नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् ।

सोमबार राति विज्ञप्ति जारी गरी अध्यक्ष ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको बताएका हुन् । अर्का अध्यक्ष यादव पक्षले भने सोमबार प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिएको थियो भने ठाकुर पक्ष तटस्थ बसेको थियो ।

त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त विज्ञप्ति जारी गरी यादवले राष्ट्रपतिलाई बहुमतको सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि सोमबार दलहरुलाई तीन दिनको समय दिइसकेकी छन् । जसपाभित्र नयाँ सरकार गठनमा विवाद देखिएपछि बहुमतीय सरकार गठनमा समस्या हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि