विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड ३१ लाख नाघ्यो,पाँच करोड १२ लाख संक्रमणमुक्त



विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख १७ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ३१ लाख ७० हजार ७१० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ३४७ जना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख २७ हजार २५२ पुगेको छ ।

संक्रमितमध्ये हासम्म ५ करोड १२ लाख ९० हजार ३६९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा २ करोड २ लाख ५३ हजार भन्दाबढी सक्रिय संक्रमित छन् भने १ लाख ६ हजार ३०१ जना गम्भीर बिरामी छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ६९ लाख ३३ हजार ९९४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५२ हजार १४५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ८१९ जना संक्रमित भएका छन् भने १ हजार ५२२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको छ । संक्रमितमध्ये एक लाख ४३ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९४ लाख २१ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६९ लाख २९ हजार नाघेको छ भने १ लाख ८१ हजार ९४५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६० लाख १६ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीमा डुबेको आमनागरिकको ४९ अर्ब फिर्ता होला ?

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि

इजरायली बन्धक मुक्त गरे हमासलाई ४० दिनको युद्धविराम प्रस्ताव

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम

बर्डफ्लुका कारण आर्कटिक टापुमा वालरसको मृत्यु

नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको

इलाम–२ मा रास्वपाका उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६