बर्डफ्लुका कारण आर्कटिक टापुमा वालरसको मृत्यु



नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको अनुसन्धानकर्ताले बताएका छन् ।

नर्वेजियन पोलर इन्स्टिच्युटका क्रिस्टियन लिडरसेनले भने, “गत वर्ष स्वाल्बार्ड द्वीपसमूहको होपेन टापुमा बर्ड फ्लुका कारण मृत्यु भएको वालरस फेला परेको थियो ।”

जर्मनीको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त मृत वालरसमा बर्ड फ्लु देखिएको लिडर्सनले बताए ।

यो नमूना एचफाइभ एनवन वा एचफाइभ एन–एट स्ट्रेन हो भनेर निर्धारण गर्न धेरै सानो आधार भेटिएको थियो । “वालरसमा बर्डफ्लु देखिएको यो पहिलो पटक हो,” लिडरसेनले भने ।

उत्तरी ध्रुवबाट करिब एक हजार किलोमिटर टाढा र मुख्य भूमि नर्वे र उत्तरी ध्रुवको बीचमा रहेको स्वाल्बार्ड टापुमा गत वर्ष करिब ६ वटा मृत वालरस फेला परेका थिए ।
लिडर्सनले तीमध्ये केहीलाई बर्डफ्लु भएको कुरा ‘असम्भव’ नभएको बताए ।
दुई टनसम्म वजन हुने वालरसले मुख्यतया माछा,सेलफिस र कहिलेकाँही समुद्री चराहरू पनि खान्छ ।

लिडर्सनका अनुसार गर्मी याममा हिउँ पग्लने बेलामा वालरस एकसाथ भेला हुने भएकाले विकासको अनुगमन गर्न जरुरी छ ।

सङ्क्रमित वालरस खाँने हुँदा उत्तर ध्रुवीय क्षेत्रमा पाइने भालुबाट पनि बर्ड फ्लुको जोखिम हुन सक्छ ।

बर्डफ्लुले सन् २०२० देखि फार्मका जनावरमा ठूलो असर पारेको छ ।

दक्षिण अमेरिकामा बर्ड फ्लुका कारण हजारौं समुद्री स्तनधारी जनावरको मृत्यु भएको अन्टार्कटिकका अनुसन्धाताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि

यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क

भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

  भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

रुसको मस्कोस्थित रक्षामन्त्रालयले गएराति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी