इजरायली बन्धक मुक्त गरे हमासलाई ४० दिनको युद्धविराम प्रस्ताव



प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले बताएका छन् ।

मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाईको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूको रिहाई गरिने प्रस्ताव गरिएको बताए ।

हमासको एक प्रतिनिधिमण्डल इजिप्ट जाँदैछ । यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ ।

“हमासले यो सम्झौताका लागि सहमति दिनेछ र स्पष्ट रूपमा भन्नुपर्दा विश्वमा सबै दबाब र नजर आज उनीहरूमाथि हुनुपर्दछ जसले गर्दा उनीहरूले सम्झौताका लागि तयार हुनेछन्,” उनले भने ।

“यो प्रस्तावले हामी सवैका आखामा अप्रिय ‘लडाईमा रोक लगाउनेछ,” उनले भने । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन् । पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ ।

बेलायती विदेशमन्त्रीले भने, “इजरायलसँग सहअस्तित्वमा रहेको स्वतन्त्र प्यालेस्टाइन दुई राज्य समाधानका लागि राजनीतिक क्षितिजको रेखा प्रस्तावमा सुनिश्चित गरिएको छ ।”

उनले भने, “हामीले प्यालेस्टिनी जनताको राजनीतिक भविष्य हेर्नुपर्छ, तर हामीले इजरायलका लागि सुरक्षा पनि हेर्नुपर्छ अर्थात् यी दुई कुरा सँगसँगै जानुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धुमपानले लाओसमा वार्षिक ६ हजार ७ सयको ज्यान जोखिममा

धुमपानसम्बन्धी रोगले लाओसमा वार्षिक ६ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको

रायसीको निधनले इरानको विदेश नीति परिवर्तन नहुने

  हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए

आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक