प्रचण्डले भने- ‘प्रधानमन्त्रीको राजीनामा दिल्लीले होइन, मैले मागेको’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि छलफल भइरहेको छ । बैठकमा शीर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्ने अभिव्यक्तिबारे प्रश्न उठाएका थिए ।

भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गरेका थिए। तर नेताहरुले भने ओलीले आफूलाई कसलाई हटाउन चाहेका हुन् भन्ने बारेमा प्रमाण सहित स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

ओलीले पार्टीभित्रैबाट आफूलाई हटाउने प्रयास भइरहेको मनसायबाट प्रश्न उठाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पारेका छन् । स्थायी कमिटीमा प्रचण्डले भने, ’राजीनामा दिल्लीले मागेको होइन। मैले मागेको हो। तपाईं छोड्दिनुस्।’ मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि