खोपले दीर्घ कोभिडको जोखिम आधा घटाउने



कोभिड १९ को पूर्ण खोप लगाउँदा रोग लाग्ने जोखिम कम हुने मात्र नभै दीर्घ कोभिड हुनसक्ने जोखिमबाट पनि बचाउने किङ्ग्स कलेज लन्डनको पछिल्लो अध्ययनले देखाएको छ ।

अध्ययनमा– दुई मात्रा खोप लगाएपछि पनि कोभिड लागेका मानिसहरूमा चार हप्ता भन्दा लामो समयसम्म लक्षण रहिरहने समस्या ५० प्रतिशतले घटेको पाइएको छ । यो खोप नलगाएका मानिसलाई लागेको रोगसँग गरिएको तुलना हो । अहिलेसम्म बेलायतमा ७८.९ प्रतिशतले कोभिड खोपको दुई मात्रा नै लगाइसकेका छन् ।

धेरैजसो कोभिड बिरामीहरू चार हप्ता जतिमा निको हुन्छन्। तर कसै कसैलाई हप्तौँदेखि महिनौँसम्म कोभिडका लक्षण बाँकी भइरहन्छ जसलाई दीर्घ कोभिड भन्ने गरिएको छ। कोभिडका सामान्य लक्षण देखिएकामा पनि दीर्घ कोभिड हुन सक्छ ।

द ल्यान्सेट इन्फेक्सिअस डीजिज जर्नलमा प्रकाशित लेखमा अनुसन्धानकर्ताहरूले खोपले मानिसको जीवन बचाइरहेको र गम्भीर लक्षण हुनबाट जोगाइरहेको स्पष्ट भएको उल्लेख गरेका छन् ।

तर लामो समय रहिरहने किसिमको कोभिडमा कस्तो असर पर्छ भन्नेबारे कम थाहा छ । उनीहरूले बेलायतको ’जो कोभिड स्टडी एप’मा भएका तथ्याङ्क सङ्कलन गरेर विश्लेषण गरेका थिए ।

उक्त एपमा मानिसहरूले आफूलाई लागेको रोग लक्षण खोप र परीक्षणबारे स्वयंसेवी रूपमा आफ्ना अनुभव व्यक्त गर्ने गर्छन् । डिसेम्बर २०२०देखि जुलाई सम्मको तथ्याङ्कमा १२ लाखले खोपको एक मात्रा र ९ लाख ७१ हजारले दुई मात्रा लगाएका मानिसहरूको अनुभव विश्लेषण गरिएको हो ।

दुई मात्रा खोप लगाएका ०.२ प्रतिशत (२३७०)मानिसहरूले आफूलाई खोप लाएपछि कोभिड भएको बताएका थिए । पूर्ण रूपमा खोप लगाएका ५९२ जना मानिसले निरन्तर एक महिनासम्म तथ्याङ्क प्रवाह गरिरहे।

ती मध्ये ३१ जनामा दीर्घ कोभिड भएको पाइयो । तर खोप नलगाएका मानिसको समूहमा दीर्घ कोभिड हुनेको सङ्ख्या ११ प्रतिशत थियो । अनुसन्धानकर्ताहरूले केही मानिसहरू दुई खोप लगाए पनि खतरामा रहेको पाए।

खास गरी सुविधा नभएका स्थानमा बस्ने कमजोर र वृद्धवृद्धाहरू। त्यो पनि खास गरी एक मात्रा मात्र खोप लगाएका मानिसहरू बढी खतरामा पाइयो।

अनुसन्धानको नेतृत्व गरेकी डा. क्लेयर स्टीभ्सले भनिन्, ‘खतरामा रहेका मानिसहरूलाई बूस्टर मात्रा दिन प्राथमिकतामा राख्न आवश्यक छ।’ स्वास्थ्य मन्त्री साजिद जाभिदले खोपले इङ्ल्यान्डमा मात्रै १ लाख ५ हजार जीवन जोगाएको र २ करोड ४० लाख सङ्क्रमण हुनबाट जोगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ