उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ



सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् ।

उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताए ।

“उत्तर कोरियाले आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न सक्छ”, नाम न छाप्ने सर्तमा अधिकारीले भने ।

सियोल, किभ र वासिङ्टनले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा क्रेमलिनलाई सहयोग गर्न रुसमा १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।

युक्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले कुस्र्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपुछको फुटेज पनि सार्वजनिक गरेका छन् ।

मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन् ।

तथापि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष आणविक–सशस्त्र उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा खण्डसहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट