मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै आज कामको प्रगतिबारे जानकारी लिए । “यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ”, उनले भने, “कुनै पनि अवस्थामा काममा समस्या नआओस् ।”

प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो भवन निर्माण गर्न एक अर्ब ८० करोड विनियोजन गरेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक देखिएको बताए । उनले यही आवमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने जानकारी प्राप्त भएको बताए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत छ अर्ब १८ करोड ७५ लाखमा भवन निर्माण थालिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग गतवर्षको पुस २६ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

निर्माण सुरु भएको पाँच महिनामा १३ प्रतिशत भौतिक प्रगति भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका ‘साइट इन्चार्ज इन्जिनियर’ शङ्कर सुवेदीले जानकारी दिए । सम्झौताअनुसार १२ तले सो भवन आगामी २०८५ सालको पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रम ऐनले तोकेबमोजिम तलब नदिने निजी अस्पतालको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन्

मिर्गौलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै

सुविधा उपलव्ध नगराई सरकारी बराबर भत्ता दिनुपर्छ भन्नु न्यायोचित होइनः उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आवासीय चिकित्सकहरुलाई

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा मष्तिष्क पक्षघातको औषधि निःशुल्क उपलब्ध हुने

काठमाडौँ । तीन वटा सरकारी अस्पतालबाट मष्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि