गुल्मीमा स्कारपियो गाडी दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते


गुल्मी । गुल्मीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार अपरान्ह गण्डकी प्रदेश बीएए ०२२० नम्बरको स्कारपियो गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।

स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थी सवार गाडी कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक दिलिप बगाले, शिब पराजुली, लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन् । घाइते हुनेहरुमा छबिलाल पाण्डे, गोमता पाण्डे, बालकृष्ण सुवेदी र निता बगाले रहेका छन् ।

घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले दुर्घटनाग्रस्त गाडी सडकबाट करिब २५० मिटर तल खसेको जानकारी दिए ।