युवा

सभामुख चयन प्रकृया चाँडो टुंग्याउन नेकपालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो टुंग्याउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो