अमेरिकी दूतावासले भन्यो -एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन



काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ । सत्तारुढ नेकपाभित्र एमसिसी इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेका बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको उल्लेख गरेको हो ।

नेपालमा एमसीसीसम्बन्धी १० शीर्ष तथ्यहरू

हालै नेपाली नागरिक, नेतृत्व र सञ्‍चारकर्मीहरूले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) को विषयमा प्रश्‍न सोधिरहनुभएको छ । तपाईँहरूका प्रश्‍नलाई हामी स्वागत गर्दछौँ । साथै, यस कार्यक्रमभित्र नेपालका लागि केकस्ता लाभहरू छन् भन्नेसम्बन्धी बुझाइ निर्माणमा नेपाली जनसाधारणको सहभागितालाई पनि हामी स्वागत गर्दछौँ किनभने अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शिता तथा सच्चा साझेदारीमा आधारित नयाँ मोडलका रूपमा एमसीसीको स्थापना भएको हो ।

१. नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी गरेको हो ।
२. प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका थिए ।
३. एमसीसी परियोजना विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित छ । विद्युत्‌को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य छ ।
४. एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।
५. एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन वा हस्ताक्षर गर्नु पर्दैन ।
६. यो ५० करोड डलर एक अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन, वा कुनै लुकेको प्रावधान छैन । नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो ।
७. एमसीसीले नेपालमा कुन परियोजनाहरूमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरूका आधारमा नेपालीहरूले नै प्रस्ताव र निर्क्‍योल गरेका हुन् ।
८. एमसीसीको प्रावधान अनुसार यी परियोजनाहरूको कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउनु आवश्यक छ ।
९. एमसीसी परियोजनाका टेन्डरहरू खुला, पारदर्शी, र सबैका लागि उपलब्ध छन् ।
१०. एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैँ नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ । यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीहरूलाई परियोजनाका बारेमा बुझ्ने अवसर पनि प्राप्‍त हुन्छ ।

एमसीसी के हो वा होइन भन्ने विषयमा प्रश्‍न सोध्न चाहनेहरूले एमसीसीको वेबसाइट mcc.gov मा गई यी तथ्यहरू, नेपालमा एमसीसीसम्बन्धी सम्पूर्ण पृष्ठभूमि तथा तथ्याङ्कका साथै विस्तृत विवरण प्राप्‍त गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको

कांग्रेस महाधिवेशन : महाधिवेशनस्थलको ५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका १५ कार्यसूची तय

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर