भारतको तमिलनाडुमा मदिरा विक्रीमा कडाइ


नयाँदिल्ली । दक्षिणी भारतीय राज्य तमिलनाडुको स्थानीय सरकारले मङ्गलबार ७१७ वटा सरकारी मदिरा पसल बन्द गर्न आदेश दिएको छ ।

तमिलनाडु सरकारले दिएको जानकारीअनुसार तमिलनाडु स्टेट मार्केटिङ कर्पोरेशनद्वारा सञ्चालित यी रक्सी पसलहरू पूजा स्थलहरू, शैक्षिक संस्थाहरू र बस स्टेशनहरूको ५०० मिटर भित्र अवस्थित रहेको भन्दै उनीहरूलाई तत्काल बन्द गर्न भनिएको हो ।

राज्य सरकारले आदेशको कार्यान्वयन दुई साताभित्र गर्नुपर्ने जनाएको छ । भारतमा मात्राको आधारमा सबैभन्दा बढी मदिरा खपत गर्ने राज्यहरू मध्ये तमिलनाडु पनि एक हो।