द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउने विषयमा सत्तारुढ र प्रतिपक्षी दल सहमत



काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउने सहमतिमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन सम्बन्धी विधेयकलाई अगाडि बढाउने सहमति भएको जानकारी दिए ।

उनले भने,‘ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा द्वन्द्वकालीन न्यायसँग सम्बन्धित विषयमा भएको शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्यो, बैठक महत्वपूर्ण निर्णयमा पुगेको छ ।’ यस विषयमा शुक्रबार पनि दुई दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

आयोगका पदाधिकारीको पदावधि सकिएपछि अहिले यी दुवै आयोग रिक्त छन् । आयोगको विधेयकमा सहमति हुन नसक्दा पदाधिकार नियुक्तिमा बिलम्ब हुँदै आएको छ । त्यस्तै आयोग गठन पीडितमैत्री नभएको द्वन्द्वपीडितले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई