विश्व

अमेजनले टिकटक हटाउन भन्दै कर्मचारीलाई किन पठायो गलत मेल ?

अमेजनले आफ्ना कर्मचारीहरूलाई कम्पनीको इमेल खोल्न प्रयोग भएको कुनै पनि मोबाइलबाट भिडियो साझा गर्ने एप टिकटक हटाउनु भनी गल्तीवश इमेल पठाइएको बताएको छ । शुक्रवार सबेरै कर्मचारीहरूलाई पठाइएको एउटा आन्तरिक निर्देशनमा “सुरक्षा खतराका कारण“ उक्त एप हटाउनुपर्ने भनिएको थियो ।