कोरोना संक्रमणका कारण हङकङका विद्यालय बन्द



कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै हङकङका सबै विद्यालय बन्द गरिएको छ । हङकङका शिक्षा मन्त्री केभिन योङले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तिब्र भएको देखिएपछि बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिए ।

आर्थिक केन्द्रका रुपमा चर्चित हङकङमा बिहीबार समुदाय स्तरमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यतिठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् ।

तर परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने छन् । त्यस्ता विद्यार्थीले मास्क लगाउनु पर्ने तथा सामाजिक दूरी कायम गर्नु पर्नेछ । हङकङका सरकारी माध्यमिक विद्यालयहरु भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । नयाँ संक्रमणमा नियन्त्रण कायम गरेपछि विद्यालयहरु गत मे महिनाबाट खुलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा एकजना ट्याक्सी चालकद्वारा लागूऔषध खुवाएर ५० महिलालाई बलात्कार

टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार वासिङ्टनको यहुदी संग्रहालयबाहिर ‘फ्री प्यालेस्टिन’ भन्दै

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

  सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी