विश्व

अशान्त चिलीमा संयुक्त राष्ट्रसंघको टोली जाँदै

करिब एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोमा त्यहाँको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने भएको छ। १८ जना मानिसहरूको ज्यान गएको दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक दङ्गासमेत भएका छन्।