एर्दोआन र पुटिनबीच कुर्द फौजलाई टर्की-सिरिया सीमाबाट परै राख्ने सहमति



कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट परै राख्ने उद्देश्यसहित टर्की र रुसले एउटा सहमति गरेका छन्।

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच छलफल भएपछि उक्त सहमति भएको हो। दुवै देशले त्यसलाई “ऐतिहासिक” भनेका छन्।

टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।

रुस सिरियाका राष्ट्रपति बशर अल-असदको साझेदार हो। उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो।

अब टर्की र रुसले सीमामा संयुक्त गस्ती गर्नेछन्।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको हो।

विश्लेषकहरूले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आकलन गरेका छन्।

उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुन: कारबाही गर्नु नपर्ने बताएको छ। यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो।

टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ। त्यसलाई “सुरक्षित क्षेत्र” बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ।

रुसले दुई पक्षबीच द्वन्द्व हटाएर टर्कीको उक्त योजना कार्यान्वयन हुन दिन सहमति व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ