सिरियामा फेरि सैन्य कारबाही थाल्ने टर्कीको चेतावनी



टर्कीका राष्ट्रपतिले युद्धविराम अन्त्य हुनुअघि कुर्दिश लडाकुहरू सीमाक्षेत्रबाट नहटेमा उत्तर-पूर्वी सिरियामा पुनः सैन्य कारबाही थाल्ने चेतावनी दिएका छन्।

राष्ट्रपति रेजेप तय्यीप एर्दोआनका अनुसार मङ्गलवार राति १० बजेसम्म १३ सय वाइपीजी लडाकुहरूअझै फर्किनुपर्नेछ।

टर्कीको फौज र उसका साझेदार सिरियाली विद्रोही लडाकुहरूले सिरियामा ३२ किलोमिटरसम्मको सुरक्षित क्षेत्र बनाउन भन्दै अक्टोबर नौ तारिखमा आक्रमण सुरु गरेका थिए। तर अमेरिकाको आग्रहमा गत हप्ता एर्दोआनले सैन्य कारबाही रोक्न लगाए।

विगत चार वर्षयता सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन फौजले वाइपीजीसँग साझेदारी गरेको थियो।

तर टर्कीमा स्वायत्तताका लागि सङ्घर्षरत एउटा कुर्दिश लडाकुसँग जोडिएको भन्दै टर्की सरकारले वाइपीजीलाई आतङ्कवादी सङ्गठनको रूपमा लिँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रबाट अमेरिकी फौजलाई फर्कन आदेश दिएपछि टर्कीले सैन्य कारबाही थालेको थियो। ट्रम्पको आदेशको अमेरिकी सांसदहरूले चर्को आलोचना गर्ने गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार विगत दुई हप्ताभित्र उत्तर-पूर्वी सिरियामा ८० हजार बालबालिकासहित एक लाख ७६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पबाट पाकिस्तानमा ९ जनाको मृत्यु

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति गएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको

चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिन्छः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य

सोमालियामा सेनाको कारबाहीमा अल–शबाबका ३० लडाकुको मृत्यु

सोमाली राष्ट्रिय सेनाले दक्षिणी सोमालियामा दुई पक्षबीचको भीषण भीडन्तपछि अल–शबाबका ३० जना लडाकुको

युक्रेन द्वन्द्व वार्ताका माध्यमबाट अन्त्य गर्न पुटिनलाई चिनियाँ राष्ट्रपतिको सुझाव

रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङ र उनका रुसी समकक्षी