बेलायतको एसिक्समा कन्टेनरभित्र मृत फेला परेका ३९ जना नै चिनियाँ नागरिक



यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरूको भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १:४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो।

हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो। रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ। सो लरी एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।

बुधबार वाटरग्लेड औद्योगिक क्षेत्रको कन्टेनरमा ३८ जना वयस्क र एक किशोरको शव भेटिएको प्रहरीले जनाएको थियो।  तीमध्ये आठजना महिला रहेको बताइएको छ। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती अस्वीकृत

अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट

कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त

उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त

जापानले राजधानी टोकियोमा सोमबारदेखि आपतकाल हटाउने

जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो

बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि जारी लकडाउन थप एक महिना