अशान्त चिलीमा संयुक्त राष्ट्रसंघको टोली जाँदै



करिब एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोमा त्यहाँको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने भएको छ।

१८ जना मानिसहरूको ज्यान गएको दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक दङ्गासमेत भएका छन्।

राजधानी स्यान्टीयागोसहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन्।

संयुक्त राष्ट्रसंघकी मानव अधिकार प्रमुख तथा चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासलेटले उक्त टोलीले मानवअधिकार हननसम्बन्धी आरोपहरूको परीक्षण गर्ने बताइन्।

हिंसात्मक प्रदर्शनहरू चर्किएपछि लगाउन सुरु गरिएको रात्रिकालीन सैन्य कर्फ्यु छैठौं रातमा प्रवेश गरेको छ। तर कर्फ्यू लाग्ने समय भने उल्लेख्य रूपमा घटेको छ।

राजधानी स्यान्टियागोमा दशौँ हजार मानिसहरू सहभागी भएको बिहीवारको प्रदर्शन निकै हदसम्म शान्तिपूर्ण थियो। तर सात सय भन्दा बढी मानिसहरूमाथि भने आगजनी, लुटपाटलगायतका अभियोग लगाइएको छ।

सुरक्षा फौजले गरेका भनिएका हिंसाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। मेट्रोरेलमा बढाइएको भाडा दरबाट उठेको आक्रोशमा अहिले सामाजिक र आर्थिक असमानताका मुद्दा समेत जोडिएर आमहड्तालमा परिणत भएको छ।

राष्ट्रपति सेबास्टियन पिनेराले आक्रोश शान्त पार्न सामाजिक सुधारहरू गर्ने घोषणा गरे तर त्यो पर्याप्त नभएको र्‍यालीका सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा