सुरक्षा

प्रधानसेनापति शर्मा सिरियामा

काठमाडौं । लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले बिहीबार त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिएका थिए