तस्बिरमा हेर्नुस् प्रधानसेनापतिको शान्ति सेनाको लेबनान मिसनको मुख्यालय भ्रमण



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति महारथी शर्माले त्यहाँका ब्रिगेडियर जनरल इग्नासिओ ओलाजाबा एलोर्जसँग पनि भेटवार्ता गरेका छन् । भेटको क्रममा उनले त्यहाँको मिसनको विविध पक्षको बारेमा जानकारी लिएका थिए । भ्रमणको क्रममा शर्माले त्यहाँस्थित एक टुकडीले सम्मान अर्पण गरेको थियो ।

भ्रमणकै क्रममा शर्माले हेडक्वार्टरमा पुगेर त्यहाँको पनि जानकारी हासिल गरेका थिए । उनले शान्ति स्थापनार्थ वीरगती प्राप्त नेपाली शान्ति सैनिकहरुको सम्मानमा निर्मित उक्त हेडक्वार्टरस्थित वीर स्मारकमा माल्यार्पण समेत गरेका थिए । त्यस्तै शर्मा गोर्खा ग्रिन पार्कको उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा पनि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई