समाचार

भ्रष्टाचारको आरोपमा पाँच सैनिक अधिकारी दोषी ठहर, महासेनानीसँग एक करोड ८५ लाख रुपैयाँ बिगो असुल गरिने

काठमाडौँ । सैनिक अदालतले एक महासेनानीसहित ५ जना सैनिकहरुलाई भ्रष्टाचार र आर्थिक अपचलनको आरोपमा दोषी ठहर गरेको छ । सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुमाथि कारबाही भएको हो । उक्त महाविद्यालय सैनिक कल्याणकारी कोषबाट सञ्चालित छ ।