संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद बैठकको निर्णय
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । अहिलेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन ।
सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो । संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ ।
सरकाकार नीति तथा कार्यक्रममा माथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव संसदमा ल्याउने बताएका थिए । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ ।