स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक भएको बताई बिभिन्न व्यक्तिहरुलाई जागिर लगाईदिन्छु भनी रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपूर्ण पदमा जागिर लगाई दिन्छु भनी बिभिन्न प्रलोभनमा पारी पिडितहरुलाई खरिदार पदको नक्कली परिचय पत्र समेत बनाई ठगी गर्ने काठमाडौं तारकेश्वरका ४५ वर्षीय राजकुमार चापागाईंलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो चापागाईलाई पेप्सीकोलाबाट सम्झना केसी भट्टराईसंग एक लाख बीस हजार रुपैयाँ लिँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले उनको साथबाट सशस्त्र प्रहरी नायव उपरीषकको नक्कली परिचयपत्र, एक लाख २० हजार नगद तथा खरिदारका नक्कली परिचयपत्रलगायत सामग्री बरामद गरेको छ । उनी यसअघि पनि ठगीको अभियोगमा चार वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।