अपराध

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका कार्यालय सहयोगी चार लाख घुस रकमसहित पक्राउ

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवाका कार्यालय सहयोगी चार लाख घुस रकमसहित पक्राउ परेका छन् । आयोगको टोलीले जग्गाको मुआब्जा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेका बेला कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको हो ।