गौमांस र गौमांसजन्य पदार्थबाट जोगिनुपर्छ, सक्दाे Share गरि सबैलाइ जानकारी गराइदिनुहाेला ।



डा.गोविन्दशरण उपाध्याय

मध्यपूर्व र विदेशका अन्य भागमा काम गर्ने हिन्दूबौद्धहरूलाई विभिन्न प्रलोभनमा परेर वा मोडर्न बन्ने वा देखिने लहडमा गाईको मासु ख्वाइन्छ/खाइन्छ भन्ने सुनिएको छ | गौ-मांस दृढतापूर्वक अस्वीकार गरौँ | एक पटक गौ-मांस मुखमा परेपछि हाम्रो ऋषिशक्ति सधैंका लागि विलुप्त हुन्छ, अनि हामी निरन्तर पापकर्ममा फंस्छौँ | आफ्नो ऋषिशक्ति जोगाउने काम हामी आफैले गर्नुपर्छ | गाईको मासु खाएर, रक्सी धोकेर र विवाहेतर यौन-सम्पर्क (यौनाचार) गरेर कुनै मोडर्न हुँदैन | झन्, आफ्नो मौलिकता गुमाएको व्यक्ति, समाज त झन् परिचय रहित हुन्छ |

त्यसो त कुनै कुनै पनि प्राणिको हत्या गर्नुहुँदैन भन्ने वेदको स्पष्ट आदेश छ, त्यसमा पनि गौको महत्व वेद, उपनिषद् तथा पुराणहरूमा राइछाई रहेको छ | उहिले अपराधीलाई अपराध बकाउँदा गाई, तामा र तुलसी हातमा लिएर” बकाउने गरिन्थ्यो | वदमासहरूले पनि गाई, तुलसी तथा तामाको उलंघन गर्दैनन् भन्ने सामाजिक, सांस्कृतिक र धार्मिक विश्वास थियो | यस्तो विश्वासमा हुर्केको हुँदा हाम्रो घरमा आज पनि तालाचावी लाग्दैन किनभने त्यहाँ असत्य असत्यभन्दा सत्य, पाप-विचार भन्दा असल-विचार र नास्तिकताभन्दा आस्तिकता बलियो छ |

त्यसमा पनि गौको महत्व वेद, उपनिषद् तथा पुराणहरूमा राइछाई रहेको छ | उहिले अपराधीलाई अपराध बकाउँदा गाई, तामा र तुलसी हातमा लिएर” बकाउने गरिन्थ्यो |

हामीले बुझ्नु र मनन गर्नुपर्छ कि हाम्रा हरेक कर्मकाण्डहरू गौदानबाट आरम्भ हुन्छन् भने आज पनि धेरै घरहरूमा भान्छामा गो-ग्रास छुट्याइने गरिन्छ | विदेशीको अन्धाधुन्ध अनुकरण र मोडर्न बन्ने नाउँमा हामीले आफ्नो परम्परा त्याग्दै छौँ | बालबालिकाहरूले पाउने शिक्षामा एस्तो विषय राख्नु भनेको “अन्धविश्वास” हो भन्ने सिकाइएको छ | यो गर्वको विषय होइन लज्जाको विषय हो | आफ्ना बालवालिकालाई गौदानको महत्व आफैले बताउनु पर्छ | हामीले आफ्नो मौलिकताका विषयमा आफ्ना बालवालिकालाई सुसज्जित नगरे मुस्लिम, क्रिश्चियन वा मार्क्स-माओ आएर गर्दैनन् |

मैले एउटा घटना स्मरण गर्छु, विदेशबाट फर्केर आएका एकजना युवाले आफुले गौमांस खाएको बडो गर्वसाथ सुनाउँदै थिए र आफुलाई आधुनिक देखाउने होडमा | तर मैले जव गौ-दानको कुरा बताएँ उनी छक्क परे | वास्तवमा, उनीलाई यस वारे जानकारी नै नभएको देखियो | पण्डित-पुरोहितहरूले कर्मकाण्ड गर्न जाँदा त्यो घरका सबै सदस्यहरूलाई गौदान गराउंदै गर्दा सनातन धर्म र गाईको सम्बन्ध वारे अवश्य जानकारी दिनुपर्छ भने अव यो लेखपछि सकेपछि पण्डित-पुरोहितसंग आग्रह गरेर भए पनि आफ्ना बालबालिका तथा सन्तानहरूलाई जानकारी गराउनुपर्छ |

विदेशमा जानु, काम गर्नु र त्यहाँ कमाएको आम्दानीवाट परिवार पाल्नु हाम्रो बाध्यता हो तर गौ-मांस हाम्रो वाध्यता होइन | शिख धर्मका पाँचौं धर्मगुरू गोविन्द सिंहले गाईको रक्षाका लागि आफ्ना सन्तान सहित मारिए | इतिहासमा धेरै यस्ता घटनाहरू छन् जुन गौरक्षासंग जोडिएको छ | साउदी अरवजस्ता मुस्लिम राष्ट्रमा गौरक्षाको कुरा गर्न सकिन्न तर गौ-मांस खानका लागि कसैले बाध्य पर्दैन | पेस्तोलका बलमा कसैले गौ-मांस खुवाएको छ भने कत्तिपनि पाप लाग्दैन |

साउदी अरवजस्ता मुस्लिम राष्ट्रमा गौरक्षाको कुरा गर्न सकिन्न तर गौ-मांस खानका लागि कसैले बाध्य पर्दैन |

नेपालमा गौहत्याको अपराधलाई संस्थागत गर्ने काम माओवादी आन्दोलनले गरेको हो | ब्राहमण बटुकहरूको टुप्पीकाटेर, गाईको मासु कोचायेर र संस्कृतका शिक्षक हत्या गरेर नेपाल अमेरिका वा जापान बन्न सकेन | इसाई तथा मुस्लिम संस्थाहरूलाई धर्मपरिवर्तन गराउन र हिन्दूबौद्धका वीचमा घृणा फैलाउने छूट दिएर पनि नेपालको बिकास भएन | हिन्दूप्रतिको राजनैतिक पूर्वाग्रह जगजाहेर छ | सरकारले गौरक्षाका सवालमा केही ठोस काम गर्ला भन्ने आशा नराखे हुन्छ | बरू, आफै आफ्ना घरमा आएका पुरोहित गुरूहरूसंग गौ र सनातन धर्मको सम्वन्ध बुझ्नुपर्छ र गौहत्या तथा गौमांसबाट जोगिन प्रशिक्षित हुनुपर्छ | गाई विश्वकी माता हुन् भन्ने वैदिक आदेशको ज्ञान सबैलाई हुनुपर्छ | गावो: विश्वस्य मातर: |

केही जडवादी विद्वानहरूले “वेदमा गौमांसको प्रयोग हुन्थ्यो, हिन्दूहरू गाईको मासु खान्थे” जस्ता अवैदिक तथा मनोकल्पित लेख, पुस्तकहरू लेखेर नियोजित रूपले हिन्दूहरूलाई अधर्मतिर प्रेरित गरिरहेका छन् | यस्ता लेखकहरूमा धर्मपरिवर्तन गरेर इसाई भएका अथवा मार्क्सवादको विदेशी चस्माले नेपाली समाजलाई बुझ्न प्रयत्न गर्नेहरू छन् | सबै मार्क्सवादी यस्ता छैनन् | गौमांसका सवालमा उपरोक्त कुतर्क गर्ने विद्वानहरूका भनाई र लेखाईहरूको सोही विधिबाट प्रतिकार गर्नुपर्छ | गौहत्या र गौमांसको प्रयोगबाट जोगिनुपर्छ |

नेपालको सविधानले गौवंशको संरक्षण गर्छ भने केही धार्मिक तथा सामाजिक अगुवाहरू जसमा चैतन्य कृष्ण(Chaitanya Krishna), योगी सोम(Yogi Somraj), निर्मलमणि अधिकारी(Nirmala Mani Adhikary), रामकृष्ण उपाध्याय(Ram Krishna Upadhyaya) सन्त दिनबन्धुजस्ता हातमा गन्न सकिनेहरू गौरक्षाको सवालमा प्रखररुपमा लागिरहेका छन् | तर विदेशमा कार्यरत रहंदा होस् वा भ्रमणका वखतमा गौमांसबाट आफ्नो घरबाट नै प्रशिक्षित तथा दीक्षित हुनुपर्छ | आफु सनातन धर्मी हिन्दू भएकोमा गर्व सिकाउनुपर्छ |

गौमांसबाट जोगिनुपर्छ तेसका लागि केही उपायहरू अवलम्वन गर्नुपर्छ | ती उपायहरू मध्ये पहिलो उपाय खानाखाने वेलामामा “म गौमांस खान्न, यदि यी खाद्यसामग्रीमा गौ-मांस छ भने मलाई क्षमा गर्नुस्” भन्ने हो भने अर्कोतिर गौवंशको मासु हो कि होइन ? छ कि छैन भनेर सोध्नु पर्छ | यदि यसरी सोध्दा असजिलो हुन्छ भने “म पूर्ण शाकाहारी भएकोले मासु खान्न” भन्न सकिन्न | यदि यसरी पनि काम चल्दैन भने “मलाई डाक्टरले मासु नखानु भनेको छ” भनेपछि गौमांस भक्षणको अपराधबाट जोगिन्छ |

दोस्रो उपाय भनेको समान किन्दा आफुले किनेको किन्न लागेको खाद्यसामग्रीमा “जिलेटिन (Gelatin, G2) लेखिएको हेर्नुपर्छ | यदि मिश्रणमा यो लेखिएको छ भने सुगुर वा गौवंशको अंश छ भनेर बुझ्नुपर्छ | विदेशमा विक्री-वितरण हुने धेरैजसो चकलेटहरूमा समेत जिलेटिन हुन्छ | अहिले भारतमा भने केही भारतीय कम्पनिहरूले जिलेटिन रहित चकलेट उत्पादन गरिरहेका छन् | जिलेटिनरहित खाद्यसामग्रीमा हरियो गोलो चिन्ह हुन्छ | तेस्तो सामग्री भेजिटेरियन हुन्छ, निर्धक्कसंग प्रयोग गर्दा हुन्छ |

तेस्रो कुरा, नेपालको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जानेहरूको लागि प्रशिक्षण दिंदा गौ-मांसबाट जोगिने उपायहरू वारे हिन्दूहरूलाई स्पष्ट रूपमा अभिमुखीकरण गर्नुपर्छ | विदेशमा काम गर्न जाने हरेक हरेक हिन्दूहरूले आफ्नो धर्म, संस्कृतिको रक्षा गर्ने उपाय वारे जानकारी पाउनु उसको जन्मसिद्ध नैसर्गिक अधिकार हो | यो विषय वैदेशिक रोजगार विभागले अनिवार्य रूपमा दिने अभिमुखीकरण तालिममा समावेश गर्न त्यस विभागका प्रमुख श्री भिष्मकुमार भुषालज्यू –(Bhishma K. Bhusal) आग्रह पनि गर्छु | गौवंश र स्वधर्म रक्षा यी दूवै विषय राज्यका दायित्व हुन् | विश्वभरिका मुस्लिमहरूले सुगुरको मासु र हलाल (घांटी रेटेर मारिएको) वाहेकको मासु खाँदैनन् | किनभने इस्लामले यो मनाही गरेको छ | हिन्दू-बौद्धहरू सकेसम्म मांसाहारबाट नै जोगिनुपर्छ होइन भने गोमांस कुनैपनि हालतमा स्वीकार गर्नुहुँदैन | गौमांसबाट जोगिनेहरूलाई धेरैधेरै नमन | तपाईंहरू नै अर्कोको लागि प्रेरणा हुनुहुन्छ |

त्यसैले गौमांस र गौमांसजन्य पदार्थबाट जोगिनुपर्छ | आधुनिकताको नाममा नीच कर्ममा प्रवेश गर्नुहुँदैन | यदि भूलवस वा प्रमादवस गौ-मांस मुखमा परेको छ भने हरेक दिन कमसेकम १०८ पटक गायत्रीमन्त्रको जप आरम्भ गर्नुस् (यद्यपि हरेक हिन्दूले हरेक दिन यो जप्ने वानी वसाल्नु पर्छ किन भने हामीभित्र ऋषिशक्तिको संचार नै गायत्रीका माध्यमबाट हुन्छ) र स्वदेश फर्केपछि विद्वानगुरूसंग सम्पर्क गरेर प्रायश्चित्त गर्नुपर्छ |

केही समय अगाडि मित्र नारायण गाउँले(Narayan Gaunle)ले नेपालको अन्तराष्ट्रिय हवाई अड्डामा समेत गौमांस बेच्न राखिएको भनेर उल्लेख गर्नुभएको थियो, यो सरकार र त्यहाँका कर्मचारीहरूको अपराध हो | नेपालका कुनै पनि ठाउँमा गौमांसजन्य पदार्थहरू बेचविखन गर्नु धार्मिक अपराध मात्र होइन राजकीय अपराध पनि हो | दुर्भाग्यवस, केही तथा द्रब्यपिसाच लोभी हिन्दूहरूले समेत नेपाल विभिन्न होटलमा गोमांस बेच्ने गरेको सुनेको छु | उनीहरूको सामाजिक र पारिवारिक वहिष्कार हुनुपर्छ र यो काम राज्यविरुद्धको अपराध भएकोले उजुरी दिनुपर्छ |

स्वस्ति-अस्तु

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

आदरणीय प्रधानमन्त्री ज्यू, एउटा अभिनेतृ बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी

कोरोना र चाडपर्वबारे गाउँमा रहेका हरेक बुवाआमालाई पत्र

– रवीन्द्र समीर | .. पूजनीय बुवाआमा, ढोग छ | कुशल छु, कुशलताको

नवनियुक्त मुख्यसचिवले गर्नुपर्ने काम

शारदाप्रसाद त्रिताल । नयाँ मुख्य सचिवलाई बधाइ र सफल कार्यकालको शुभकामना १ .मुख्य

सुनका टुक्राहरू

डा. गोविन्दशरण उपाध्याय । त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको