दिव्य ज्ञान दिने गुरूहरूप्रति आभारी छु !



रवीन्द्र मिश्र ।

कल्याणकारी लोकतन्त्र, सुशासन, भ्रष्टाचारप्रतिको शुन्य सहनशीलता, निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा/स्वास्थ्य, देशको स्वाभिमान जस्ता विषय ‘वाद/विचार/दर्शन’ भित्र नपर्ने रहेछ।

मैले पढेको राजनीतिशास्त्र र बुझेको राजनीति सबै बेकार हुने पो हो कि? के गर्ने होला, चिन्ता लाग्न थाल्यो। नयाँ ज्ञान दिने देशका ती मुर्धन्य गुरूहरूलाई नमन गर्दछु। उहाँहरूले मेरो त ‘आँखा खोलिदिने’ प्रयास गर्नुभएको छ तर उहाँहरूले आफ्नो ज्ञान अलि गाउँगाउँसम्म पुर्याइदिए, यो देशको कत्ति भलो हुनेथियो।

उहाँहरूजस्ता विद्वानहरूले आफ्ना महान् विचारहरू गाउँगाउँ पुर्याउन नसकेकै कारण हो आज देशले यो अविकास र पीडा भोग्नु परेको।
अब सबैले मिलेर भनौँ: कल्याणकारी लोकतन्त्र, सुशासन, भ्रष्टाचारप्रतिको शुन्य सहनशीलता, निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा/स्वास्थ्य, देशको स्वाभिमान जस्ता विषय ‘वाद/विचार/दर्शन’ होइन।

‘वाद/विचार/दर्शन’ भनेको समाजवाद हो, साम्यवाद हो, राजतन्त्रवाद हो, गणतन्त्रवाद हो। त्यहाँभित्रको भ्रष्टाचार हो, शिक्षा/स्वास्थ्यको नाङ्गो व्यापार हो। तर वाद भनेको त्यही नै हो। अरू त सब केटाकेटीको खेल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केपी ओलीनजिकका अन्य एमाले नेताहरू पनि किन जान्छन् कम्बोडिया भ्रमणमा ?

नारायण गाउँले । कोरियाको एउटा विवादित चर्चले आयोजना गरेको होली वाइन कार्यक्रममा कम्बोडियाका

प्रधानमन्त्री ओलीलाई तर्साउन एमाले अध्यक्ष ओलीको सडकमा शक्ति प्रदर्शन !

गणेश कार्की । मंसिर ७ मा हुन लागेको एमालेको सडक प्रदर्शनलाई सजिलो गरि

के तपाईं विवाह गर्दैहुनुहुन्छ ?

डा. गोविन्दशरण उपाध्याय । विवाहको मौसम चल्दै छ । हुने वाला श्रीमान् र

‘यो सरकारबाट बाह्य सम्बन्धमा नयाँ मोड छैन, बरु गल्ती भएका छन्’

काठमाडौं । कांग्रेस–एमालेको नेतृत्वमा सरकार गठन भएको चार महिना बितिसकेको छ । सरकार