उपराष्ट्रपति सार्वजनिक कार्यक्रममा सहभागी नहुने



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न आइतबार नै निजी सचिवालयलाई निर्देशन दिएका छन् ।

उपराष्ट्रपति पुनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिएका छन् ।

सम्माननीय उपराष्ट्रपतिज्यूको सार्वजनिक कार्यक्रम स्थगन सम्बन्धी
प्रेस नोट

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै सम्माननीय उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई निर्देशन दिइसक्नुभएको छ ।

सम्माननीय उपराष्ट्रपतिको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै उहाँको पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरिएको छ ।

सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सृजना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म सम्माननीय उपराष्ट्रपति अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुने छैन । साथै, सम्माननीय उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रण सम्बन्धी सरकारको योजनामा सघाउन अपील गर्दै नआत्तेर सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

१९ फागुन २०७६

मनोज घर्तीमगर
उपराष्ट्रपतिको प्रेस संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी