बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने



म्युनिख । । बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।

प्लान्टले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडलहरूको उत्पादनको तयारीलाई पनि अघि बढाइरहेको छ, जसको उत्पादन सन् २०२६ को गर्मीमा सुरु हुने तालिका छ ।

बीएमडब्लु समूहले सन् २०३० सम्ममा ईभीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ । हाल, म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरू निर्माण गरिरहेको छ ।

“उत्पादन प्रक्रिया र सटीक स्वचालन कन्फिगरेसनहरू अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,” म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटलमा आगलागी हुँदा बंगलादेशमा चार जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी

म्यानमाका जुन्ता प्रमुखले प्रमुख सहयोगी पुटिनसँग भेटवार्ता गर्ने

  याङ्गुन । म्यानमाका जुन्ता प्रमुख सोमबार रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि

लेबनानका राष्ट्रपति साउदी अरब भ्रमणमा

बेरुत। लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार

ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएको