ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।
६ तले भवनको पहिलो तल्लामा दिउँसो आगलागी भएको मिडिया सेलका निमित्त प्रवक्ता तल्हा बिन जाशिमले जानकारी दिए ।
अधिकारीका अनुसार होटलका पाहुना र कर्मचारीहरूले भाग्ने प्रयास गरे ।
दोस्रो तलाको बाथरूमबाट एकजनाको शव र पाँचौं तलामा छततर्फ जाने सिँढी नजिकै तीनजनाको शव भेटिएको थियो । बाक्लो धुवाँको मुस्लो परेपछि अधिकांश पीडितको निसास्सिएर मृत्यु भएको उनले बताए । उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया