गाजामा भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु



गाजा । इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।

‘इजरायली सेनाले गाजा पट्टीको उत्तरमा रहेको बेइट हानौन शहरमा सैन्य ड्रोनद्वारा स्थानीयहरूको समूहलाई आक्रमण गरेर दुई प्यालेस्टाइनीको हत्या गरेको छ,’ गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

इजरायली सेनाले उत्तरी गाजामा सैन्य अड्डाहरू नजिक शङ्कास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई देखेपछि कारबाही गरिएको बताएको छ ।

यसैबीच, स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले हवाई आक्रमणका कारण बेइट हानौनको पूर्वी क्षेत्रबाट सयौं परिवार विस्थापित भएको जानकारी दिए ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूका अनुसार, दक्षिणी गाजाको खान युनिसको पूर्वमा रहेको अल–फराहिन शहरमा इजरायली बमबारीपछि मेडिकल टोलीले एक महिलाको शव फेला पारेका छन् । र दुई जना घाइतेको उपचार गरेका छन् ।

साथै, शहरको केन्द्रमा रहेको आफ्नो घरको छतमा उभिरहेको बेला इजरायली सेनाले गरेको आक्रमणमा परी एक युवकको मृत्यु भएको छ ।

इजरायली सेनाले खान युनिस र रफाहमा भएका घटनाहरूको बारेमा टिप्पणी गरेको छैन । इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएको एक दिनपछि यो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटलमा आगलागी हुँदा बंगलादेशमा चार जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी

म्यानमाका जुन्ता प्रमुखले प्रमुख सहयोगी पुटिनसँग भेटवार्ता गर्ने

  याङ्गुन । म्यानमाका जुन्ता प्रमुख सोमबार रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि

लेबनानका राष्ट्रपति साउदी अरब भ्रमणमा

बेरुत। लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार

ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएको