विषाक्त मदिरा सेवनबाट टर्कीमा १७ जनाको मृत्यु



 

इस्तानबुल । टर्कीका मिडियाहरूले बिक्री गरिएको विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य २२ जना अस्पतालमा उपचाररत रहेका बताएका छन् ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लिइएको छ ।

गत हप्ता अधिकारीहरूले ४१० लिटर इथानोल र मेथानोल, १६५ बोतल अवैध मदिरा र मदिरा उत्पादनका उपकरणहरू जफत गरेको घोषणा गरेका थिए ।

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।

सन् २०२१ को अन्त्यमा विभिन्न क्षेत्रमा केही दिनको अन्तरालमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो । त्यसको एक वर्षअघि मदिरा विषाक्तताका कारण करिब ४० जनाको मृत्यु भएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले प्रायः मदिरा र सुर्तीजन्य सेवनको आलोचना गरेका छन् । उनीमाथि आधिकारिक रूपमा धर्मनिरपेक्ष राज्यमा समाजलाई इस्लामीकरण गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान

लखनउ । बहुप्रतीक्षित सन् २०२५ महाकुम्भ सुरु भएसँगै दुई नदीहरूको सङ्गम गङ्गा र

सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादन गर्ने युएईको योजना

युएई । युएईले विद्युत, पानी र भविष्य ऊर्जा क्षेत्रका लागि विश्वव्यापी नेतृत्व लिन

शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरू

बेइजिङ । चीनको मानव अन्तरिक्ष एजेन्सीका (सिएमएसए) अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने

नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या

नाइजेरिया । जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तिमा ४०