सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादन गर्ने युएईको योजना



युएई । युएईले विद्युत, पानी र भविष्य ऊर्जा क्षेत्रका लागि विश्वव्यापी नेतृत्व लिन तयारी जारी राख्ने युएईको ऊर्जा तथा पूर्वाधार मन्त्रालय (एमइआइ) को सहायक उपसचिव अहमद अल काबीले बताएका छन् ।

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइआरइएनए) द्वारा आयोजित उदीयमान अर्थतन्त्रमा ऊर्जा सङ्क्रमण मार्गहरू सम्बन्धी उच्चस्तरीय प्यानलमा उनको सहभागिताका क्रममा टिप्पणी आएको हो ।

उनले भने, “सुरुदेखि नै युएईले हाम्रो भविष्यको रक्षा गर्न सफा ऊर्जाको आवश्यकतालाई मान्यता दियो । हामीले यस परिवर्तनको वातावरणीय, सामाजिक र आर्थिक फाइदाहरू पनि देख्यौं र नवीकरणीय ऊर्जा परियोजनाहरूमा ठूलो लगानी ग¥यौं । यसले हामीलाई स्वच्छ ऊर्जा सङ्क्रमणको नेतृत्व गर्ने ठूलो अवसर दियो ।”

अल काबीले सन् २०५० सम्ममा नेट–शून्य लक्ष्य तय गर्ने यस क्षेत्रमा पहिलो भएको बताए । “हामीले सन् २०३० सम्ममा १४.२ गिगावाट नवीकरणीय ऊर्जा क्षमतामा पुग्ने लक्ष्य राखेका छौं । हामीसँग विश्वका तीनवटा ठूला सौर्य प्लान्टहरू पनि छन् र थप परियोजनाहरू चलिरहेका छन् ।”

युएई शान्तिपूर्ण रूपमा आणविक उर्जा प्रयोग गर्ने पहिलो अरब राष्ट्र पनि हो । उर्जा प्लान्टले देशको २५ प्रतिशत बिजुली कार्बन–मुक्त स्रोतबाट प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी