घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ



रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ । उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ ।

रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्षहरूमा रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो । युक्रेनमाथिको आक्रमणबीच सेनामा खर्च बढिरहेको बेला यो कदम चालिएको हो ।

अठ्चालीस वर्षीय इभानोभले सशस्त्र बलको निर्माण र खरीदको रेखदेख गर्नुभएको थियो र रूसी सेनाले कब्जा गरेको युक्रेनी शहर मारिउपोलको रूसी उच्च ओहोदाको पुनर्निर्माणसँग जोडिएको थियो ।

“रूसी महासङ्घका उपरक्षामन्त्रीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ,” मस्को अदालतको सञ्चार सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विशेषगरी ठूलो परिमाणमा घूस लिएको अभियोगमा उनलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ । इभानोभका वकिलले सरकारी समाचार संस्था तासलाई बताएअनुसार इभानोभले उक्त आरोप अस्वीकार गरेका छन् ।

रूसी केही स्वतन्त्र सञ्चार माध्यमले इभानोभ र उनको परिवारले आफूले मन्त्रालयमा सहमति गरेको सम्झौतामा गैर–कानुनी लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।

सन् २०२२ को डिसेम्बरमा नाभाल्नीको टोलीले इभानोभकी श्रीमती स्वेतलाना मनिओविचबाट चुहेका हजारौँ इमेलहरू प्राप्त गरेको बताएको थियो ।

उनले फ्रान्सको दक्षिणमा लक्जरी कार, गहना, लुगाफाटा, पार्टी, प्रिमियम प्रोपर्टी र याट भाडामा लिएर लाखौं युरो खर्च गरेको बताइएको छ ।

तीमध्ये केही रकम रक्षा मन्त्रालयका ठेकेदारलगायत तेस्रो पक्षमार्फत हुने गरेको उनीहरूको आरोप छ । क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन शोइगुसँग निरन्तर सम्पर्कमा रहेको तर इभानोभको गिरफ्तारीबारे सोझै टिप्पणी गर्न अस्वीकार गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको