गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु



उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको छ । उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत कम्तीमा २८ वटा शव प्राप्त गरेका र मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका जनाएको छ ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइलहरू प्रहार गरेका बताएका छन् ।

अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूह इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन् ।

घटनापश्चात एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण भएको ठाउँमा पुगेका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले हवाई र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको र सयौँ हताहत भएका छन् ।

यसैबीच, कमल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका छन् ।

यसअघि, गाजामा सशस्त्र प्यालेस्टिनी समूहहरूले तिनीहरूका सदस्यहरू जबलिया शिविरमा प्रवेश गर्ने इजरायली सेनासँग भयानक लडाइँ लडिरहेका बताएका थिए ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्तिमार्फत सेनाले जबलियामा धेरै लडाईहरूमा आतङ्कवादी ठूलो सङुख्यामा लडाकूको मृत्यु भएको जनाएको छ ।

आईडीएफले कारबाहीका क्रममा इजरायलतर्फ आक्रमण गर्न तयारी अवस्थामा राखिएकारकेट लन्चरलाई नस्ट गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट

अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको