युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने



सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको युक्रेनले बताएको छ ।

किएभले यसै महिना नयाँ कानुन प्रस्तुत गर्दै ड्राफ्ट डोजर (सशस्त्र सेनामा सामेल हुनको लागि आधिकारिक आदेश पालना नगर्ने व्यक्ति) का लागि सजायमा कडाइ गर्ने र परिचालनको उमेर दुई वर्ष घटाएर २५ वर्ष पुर्याएको छ ।

विदेशमन्त्री दिमित्रो कुलेबाले भने, “विदेश बसेका कारण कुनै पनि नागरिकलाई मातृभूमिप्रतिको कर्तव्यबाट मुक्त गर्न सकिँदैन । त्यसैले हिजो मैले युक्रेन र विदेशका भर्ती उमेरका पुरुषहरूप्रति निष्पक्ष मनोवृत्ति पुनस्र्थापित गर्ने उपायका लागि निर्देशनमा हस्ताक्षर गरेको छु । यो न्यायोचित हुनेछ ।”

उनले भने, “छिट्टै परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक नियोगमा भर्ना भएका पुरुषका लागि कानूनी दायराभित्र रहेर कन्सुलर सेवा प्राप्त गर्ने प्रक्रियाबारे थप स्पष्टिकरण दिनेछ ।’

उनले के कस्ता उपायहरू पहिले नै लागू गरिएको थियो वा विचार भइरहेको थियो भन्ने कुरा स्पष्ट पारेनन् ।

युक्रेनी सञ्चारमाध्यमले प्रकाशित गरेको एक दस्तावेजमा परराष्ट्र मन्त्रालयले १८ देखि ६० वर्ष उमेर समूहका सबै युक्रेनी पुरुषका लागि कन्सुलर सेवा स्थगन गरेको उल्लेख छ ।

युक्रेनका प्रथम उपविदेशमन्त्री एन्ड्री सिबिगाको हस्ताक्षर रहेको पत्रमा युक्रेनी प्रतिनिधि कार्यालयहरूले विदेशमा रहेका पुरुषलाई मात्र युक्रेन फर्कन अनुमति दिने कागजात जारी गर्ने उल्लेख छ ।

यस कदमले विभिन्न प्रकारका प्रशासनिक प्रक्रियाहरू पुरा गर्दै युक्रेनी पुरुषहरूलाई विदेशबाट फर्कन बाध्य पार्नेछ ।
युक्रेनको राहदानी कार्यालयले ‘प्राविधिक कारण’ देखाउँदै विदेशस्थित वाणिज्य दूतावासमा केही कागजात जारी गर्न रोकेको घोषणा गरेको छ ।

जनशक्तिको अभावमा युक्रेनी सेनाले हालैका महिनाहरूमा लगातार रूसी सेनालाई आफ्नो जमिन छोड्दै पछि हटिरहेको छ । रूसले केही समय पहिले पूर्वी शहर अभदाइभ्कालाई कब्जा गरेको थियो र अहिले वरपरका गाउँहरू कब्जा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको