नर्वेका राजा ह्याराल्डले आफ्नो कामको बोझ घटाउने



करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले आफ्नो वृद्ध उमेर कमजोर स्वास्थ्य अवस्थाका कारण कामको बोझ घटाउन लागेको राजदरबारले जनाएको छ ।

युरोपका सबैभन्दा वृद्ध राजा ह्याराल्ड गत फेब्रुअरीको अन्त्यतिर मलेसियाको लाङकावी टापुमा बिदा मनाउन गएका बेला अस्वस्थ बनेका थिए ।

उनलाई नर्वेको मेडिकल ट्रान्सपोर्ट फ्लाइटमा फर्काइएको थियो र मलेसियामा जडान गरिएको अस्थायी पेसमेकरको सट्टा स्थायी पेसमेकर जडान गरिएको थियो ।

दरबारले भनेको छ, “राजा ह्याराल्ड स्वदेश फर्कन पाउँदा र आफ्नो जिम्मेवारीमा फर्कन पाउँदा खुसी हुनुहुन्छ ।” यद्यपि, ‘गतिविधिको सङ्ख्या र दायरामा स्थायी रूपमा कमी आएको’ भन्दै राजाले आफ्नो उमेरलाई ध्यानमा राख्दै आफ्नो तालिकामा समायोजन गर्ने बताइएको छ ।

सन् १९९१ देखि राजगद्दी सम्हालिरहेका ह्याराल्ड बैशाखीको भरमा सामान्य हिडडुल गर्छन् । हालैका वर्षहरूमा उनले एकपछि अर्को गर्दै स्वास्थ्य समस्याहरूको सामना गर्नुपरेको छ ।

उनले डेनमार्कमा रहेकी आफ्नी ८३ वर्षीया नातिनी महारानी मार्ग्रेथ द्वितीयको नेतृत्व पछ्याउने र राजगद्दी त्याग्ने अड्कलबाजीलाई अस्वीकार गरेका छन् ।

राजा ह्याराल्डको अनुपस्थितिमा ५० वर्षीय युवराज हाकोनले राजकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव