लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने


मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा फाइनान्सिङ एग्रोकेमिकल रिडक्सन एण्ड म्यानेजमेन्ट (फार्म) परियोजना लाओसमा लागू गरिने छ ।

यो परियोजना लाओसमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले लाओसको कृषि तथा वन मन्त्रालयको सहयोगमा सञ्चालन गर्ने मन्त्रालयले शुक्रबार जनाएको छ ।

परियोजना सन् २०२४ देखि सन् २०२८ सम्म लाओसको राजधानी भिएन्टाइन र जÞिएङ खुआङ, लुआङ नम्था, ओडोमक्से तथा बोकेओ प्रान्तमा सञ्चालन हुनेछ ।

यो पर्यावरणीयरूपमा दिगो एकीकृत कीट व्यवस्थापन विधिहरूमा ध्यान केन्द्रित गरेर मानवलाई हानिकारक कीटनाशकहरूको प्रयोगलाई कम गर्ने लक्ष्य राखिएको छ ।

मुख्य लक्ष्य नीति निर्माण, कानून, व्यवस्थापन र कीटनाशक प्रयोगको क्षेत्रमा लगानीलाई सुदृढ पार्नु र किसानहरूका लागि विकल्पका रूपमा सुरक्षित कीट नियन्त्रण विधिहरू मोडेलिङ र प्रसार गरेर दिगो आय आर्जन बढाउनु हो ।

यस परियोजनाले कीटनाशक फोहोर व्यवस्थापनमा चेतना अभिवृद्धि र क्षमता निर्माणका साथै कीटनाशक व्यवस्थापन कार्यको अनुगमन र मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्नेछ ।