बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी



यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न थप ऐक्यबद्धता र सहकार्यका लागि चीनले आह्वान गरेको छ । चीनको अगुवाईमा सम्पन्न यस सम्मेलनमा चीनले थप खुलापन र साझा विकासका आकाङ्क्षा परिपूर्तिका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

चीनले पछिल्ला वर्षहरुमा उच्च—गुणस्तरयुक्त विकास समेतका सबै मोर्चामा तिब्र विकास गरिरहेको जनाउँदै यसबाट विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने तथा सबै देशको समतामुलक विकासका लागि बढीभन्दा बढी अवसर सिर्जना हुने अपेक्षा पनि गरेको छ ।

वार्षिक सम्मेलनको उद्घाटनका अवसरमा सम्बोधन गर्दै चीनका वरिष्ठ सांसद झाओ लेजीले समतामुलक यस विकास प्रयासबाट एसियाली छिमेकी मुलुकहरु अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

हाल विश्वले नै कमजोर आर्थिक पुनरुत्थान र क्षेत्रीय द्वन्द्व समेतका गम्भीर चुनौती सामना गरिरहेको छ । यी विषयलाई सम्बोधन गर्न र आफू अनुकूलका परिणामहरु हासिल गर्न देशहरुबीच ऐक्यबद्धता र सहयोग अत्यावश्यक भइसकेको छ ।

नेसनल पिपल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओले एसियाली मुलुकहरुलाई तटस्थ रहन, एकता मार्फत शक्ति सञ्चय गर्न, एकात्मकतालाई अस्वीकार गर्न तथा कुनै एक पक्षमा आबद्ध नहुन तथा एसियालाई भूराजनीतिक प्रतिस्पर्धाको क्षेत्र हुनबाट रोक्न आह्वान गरे ।
झाओले भने, ‘चीनले समान र नियमबद्ध बहुध्रुवीय विश्वको पक्षमा वकालत गर्दछ ।’

साथै उनले विश्वले समान रुपमा लाभ प्राप्त गर्ने तथा समतामुलक आर्थिक वैश्वीकरणको पक्षपोषण गर्ने बताउँदै ध्रुवीय विवादको पश्चगामी मानसिकताबाट माथि उठ्न र सही अर्थको बहुपक्षीयता अभ्यास गर्न तथा खुला विश्व अर्थतन्त्रका लागि मिलेर अघि बढ्न सबै मुलुकसँग आग्रह गरे ।

चीन साझा विकास लक्षप्रति प्रतिबद्ध रहेको बताउँदै झाओले भने, “चीन अहिले विश्वका १४० भन्दा बढी देशसँग मुख्य व्यापारिक साझेदार रहेको छ । साथै, धेरै मुलुकमा लगानीको मुख्य स्रोतका रुपमा चीन रहेको छ र विश्वका अधिकांश मुलुकका लागि महत्वपूर्ण लगानी गन्तव्यका रुपमा स्थापित छ ।”

मानवताको साझा भविष्य निर्माण गर्नेतर्फ प्रस्ताव गरिरहेको चर्चा गर्दा झाओले अगाडि भने, “विश्वका सबैजसो मुलुकमा राम्रो भविष्यका लागि चिनियाँ शैलीको समाधान अगाडि बढाइएको छ ।”

वर्षौंदेखि चीनले अघि बढाएका बेल्ट एन्ड रोड कार्यक्रम (बिआरआई), ग्लोबल डेभलपमेन्ट कार्यक्रम (जिडिआई), ग्लोबल सेक्युरिटी कार्यक्रम (जिएसआई) र ग्लोबल सिभिलाइजेसन कार्यक्रम (जिसिआई) ले समृद्धि र स्थायित्वमा महत्वपूर्ण योगदान गरिरहेको छ ।

विश्व प्रसिद्ध औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकाका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरिओटले अर्थतन्त्रलाई बढावा दिन, नवप्रवर्तन प्रविधिलाई अगाडि लैजान तथा अर्थतन्त्रको खुलापनका लागि गरिएका प्रयासमा चीन सरकारको प्रस्ट योजनाबाट आफू निकै प्रभावित बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले इजरायललाई हतियार नदिने

बीबीसी । दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा

आइएमएफले बङ्गलादेशलाई एक अर्ब २० करोड डलर प्रदान गर्ने

  बङ्गलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)

पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य

  अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको