आइएमएफले बङ्गलादेशलाई एक अर्ब २० करोड डलर प्रदान गर्ने



 

बङ्गलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बुधबार आफ्ना कर्मचारी र बङ्गलादेश करिब एक अर्ब २० करोड डलरको वित्तीय अनलक गर्ने सम्झौतामा पुगेको बताएको छ ।

राजधानी ढाकामा दुई साताको वार्तापछि बोर्डको स्वीकृतिको अधीनमा जारी तीनवटा कार्यक्रमको पछिल्लो हिस्सा भुक्तानी गर्नका लागि ‘कर्मचारीस्तरीय सम्झौता’ भएको आइएमएफले बताएको छ ।

“अधिकारीहरूले आइएमएफ समर्थित कार्यक्रमअन्तर्गत संरचनात्मक सुधारहरूमा महत्त्वपूर्ण प्रगति गरेका छन्, यसमा पेट्रोलियम उत्पादनका लागि सूत्रमा आधारित इन्धन मूल्य समायोजन प्रणालीको पनि कार्यान्वयन समावेश छ”, आइएमएफले विज्ञप्तिमा भनेको छ, “विश्वव्यापी वित्तीय अवस्थाको कडाइ र घरेलु कमजोरीहरूसँगै अन्तर्राष्ट्रियस्तरमा वस्तु र खाद्यान्नको मूल्यमा अहिले पनि वृद्धिका कारण लगातार उच्च मुद्रास्फीति र विदेशी मुद्रा (एफएक्स) सञ्चितिमा कमी आएको छ ।”

विज्ञप्तिमा यसले अर्थतन्त्रमा दबाब बढाएको र बृहत् आर्थिक चुनौतीहरूको जटिलता बढाएको उल्लेख छ । आइएमएफले बङ्गलादेशको अर्थतन्त्र सन् २०२४ को आर्थिक वर्षमा मुद्रास्फीति–समायोजित पाँच दशमलव चार प्रतिशतको दरले बढ्ने अपेक्षा गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा छ प्रतिशत थियो ।

आइएमएफले लगातार कडा नीतिको मिश्रण र विश्वव्यापी खाद्यान्न तथा वस्तुको कम मूल्यको अनुमानका कारण यस वर्ष मुद्रास्फीति करिब नौ दशमलव चार प्रतिशत हुने र आगामी वर्ष घटेर सात दशमलव दुई प्रतिशत हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

  किर्गिजस्तानको राजधानी विश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि ६

चीनमा पर्यटन प्रवद्र्धनका लागि ६३ सय प्राथमिकताका उपाय लागु

  यस वर्ष चीनले पर्यटन दिवस मनाउनका लागि एक महिना लामो अभियानमा पर्यटन