रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त



रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली सेभास्तोपोल शहरका गभर्नरले बताएका छन् ।

“एउटा सैन्य विमान समुद्रमा खसेको छ,” गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्राममा गरेको पोस्टमा लेखेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा एउटा विमान आकाशबाट खसेको देखिएको छ ।

युक्रेनी प्रायद्वीप क्रिमियाको दक्षिणी शिखरमा ‘ब्ल्याक सी’को क्षेत्रको ऐतिहासिक रूसी मुख्यालय रहेको सेवस्तोपोललाई सन् २०१४ मा मस्कोले कब्जा गरेको थियो ।

दुई वर्षदेखि जारी द्वन्द्वका क्रममा यो क्षेत्रमा युक्रेनी आक्रमण हुँदै आएको छ ।

“घटनामा विमान चालक जहाजबाट निक्लिएको र उनलाई सेवस्तोपोल रेस्क्यु सर्भिसका उद्धारकर्मीहरूले किनाराबाट २०० मिटरको दूरीमा लगेका छन् । उनको जीवन खतरामुक्त छ,” गभर्नर रज्भोजायेभले भने ।

सामाजिक सञ्जालमा सार्वजनिक कतिपय भिडियोमा विमानचालक जहाजबाट बाहिर निस्केपछि प्यारासुटबाट तल झरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल

अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु