अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते



अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको टोलो न्युजले जनाएको छ ।

तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो ।

प्रारम्भिक जानकारी अनुसार घटनामा तीन जना सुरक्षा बलका सदस्यहरूको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए ।

यसैबीच, बदख्सानका नागरिकहरूले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे ।

अहिलेसम्म कुनै व्यक्ति वा समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको छैन । घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

  किर्गिजस्तानको राजधानी विश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि ६

चीनमा पर्यटन प्रवद्र्धनका लागि ६३ सय प्राथमिकताका उपाय लागु

  यस वर्ष चीनले पर्यटन दिवस मनाउनका लागि एक महिना लामो अभियानमा पर्यटन