नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन



नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उनले लेखेको पुस्तक “थिन्किङ, फास्ट एन्ड स्लो” ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए ।

इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए ।
सन् २००२ मा कान्हेम्यानलाई मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल

अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु