हवाई आक्रमणमा म्यान्मामा २० सर्वसाधारणको मृत्यु



संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको बताएका छन् । सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो ।

महासचिव गुटेर्रेसले जारी गरेको वक्तव्यमा भनिएको छ, “सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ ।”

हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण विच्छेद् गरिदिएका छन् ।

थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले जानकारी दिएका छन् ।

“हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए,” सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले बताए ।

अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताए ।

सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए ।

जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन् । छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ । गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल

अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु