अस्ट्रेलियामा आँधीका कारण सय जना अलपत्र



अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब ७०० जना अलपत्र परेका छन् ।

अस्ट्रेलियाली प्रतिरक्षा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो ।सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन आग्रह गरिएको छ ।

जोखिमका हिसाबले तेस्रो तहको आँधीका रूपमा वर्गीकरण गरिएको यो मौसमी विपत्तिका कारण उक्त क्षेत्रमा १७० देखि २०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरी चलेको मौसम विज्ञान विभागले जनाएको छ ।

विपद् व्यवस्थापनमामिला मन्त्री मुरे वाटले भने, “खराब मौसमले गर्दा सोमबार प्रभावित क्षेत्रबाट नागरिकलाई खाली गर्ने काममा कठिनाई भएको थियो । थप जनशक्ति तैनाथ गरी प्रभावित क्षेत्रमा आज उद्धारकार्य जारी राखिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल

अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु