हमासको आक्रमणमा कैयौँ इजरायलीको मृत्यु, प्यालेस्टिनी क्षेत्रमा इजरायलको हवाई हमला



इस्लामिक लडाकु समूह हमासले गरेको रकेट प्रहारका क्रममा इजरायलमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । त्यस्तै ५४५ जना इजरायलीहरू घाइते भएका अधिकारीहरूले बताएका छन् ।

शनिबार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए । अपुष्ट खबरहरूमा जनाइए अनुसार कैयौँ इजरायलीलाई बन्दी बनाएर लगिएको छ । हमासको आक्रमणको जवाफमा इजरायलले पनि गाजामा प्यालेस्टिनी क्षेत्रहरूमा आक्रमण गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र गाजाको शासक हमासले उसले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने बताएका छन् । अहिले इजरायलका दर्जनौँ लडाकु विमानहरूले गाजास्थित हमासका लडाकुहरू रहेको क्षेत्रमा हवाई हमला गरिरहेका छन् ।

आक्रमणमा परी कम्तीमा एक जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । शनिबार सुरुमा इजरायलतर्फ दर्जनौँ रकेटहरू प्रहार गरिएको थियो ।

त्यसले गर्दा उक्त देशभरि हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजेका थिए । तेल अभिभ र गाजा वरपरका क्षेत्रमा विस्फोटन भएका विवरण आएका थिए । प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमणको जिम्मा लिएको थियो ।

उसको सशस्त्र बलले शनिबार २० मिनेटमा ५ हजार वटा रकेट प्रहार गरेको जनाएको छ । गाजा वरपरका बासिन्दाहरूलाई भित्रै बस्न भनिएको छ भने दक्षिणी र मध्य क्षेत्रका नागरिकहरूलाई सेल्टरको छेउमा बस्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारणमा बृद्धि

संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई

मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गर्न पुटिनको प्रस्ताव

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको