अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारणमा बृद्धि



संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई हजार पाँच सय ६३ अर्ब घनफिट रहेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) बताएको छ । यो अघिल्लो साताको तुलनामा ७९ अर्ब घनफिटले शुद्ध वृद्धि भएको उक्त संस्थाले बताएको छ ।

इआइए ऊर्जाको तथ्याङ्क सङ्कलन, विश्लेषण, सञ्चालन र पूर्वानुमान गर्ने जिम्मेवार सरकारी निकाय हो । इआइएको साप्ताहिक प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनअनुसार कूल कार्यशील ग्यास भण्डारण गत वर्षको यही समयको तुलनामा २१ प्रतिशतले र पाँच वर्षको औसतभन्दा ३३ दशमलव तीन प्रतिशतले बढेको छ ।

कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको छ । यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ । यसको भण्डारण क्षमतालाई डिजाइन क्षमता र अधिकतम कार्यशील ग्यास क्षमता गरी दुई तरिकाले मापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी