मिनिबस दुर्घटना हुँदा अफगानिस्तानमा २४ जनाको मृत्यु



 

अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले जानकारी दिएका हुन् ।

चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले  ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पुर्याइएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा बुधबार भएको यो दोस्रो सडक दुर्घटना हो । यसअघि बुधबार बिहान मध्य बामियान प्रान्तमा भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका थिए । भीडभाड भएका सडकहरूमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा अफगानिस्तानमा प्रायः घातक दुर्घटना हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा भीषण आगलागी 

  मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना

बाढीमा परी अफगानिस्तानमा १४ जनाको मृत्यु

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको