रूसी विदेशमन्त्रीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने



रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ ।

रूसले युक्रेन आक्रमणको सुरुवातदेखि नै रूसलाई बहिष्कृत गर्दै आएको ‘सामूहिक पश्चिमा’ ले संयुक्त राष्ट्रसङ्घमा यसको सामना गर्नुपरेको बारम्बार बताउँदै आएको छ ।

युक्रेनले गत वर्षको फेब्रुअरीमा सुरु भएको सैन्य कारबाहीलाई लिएर रूसलाई सुरक्षा परिषद्बाट हटाउन माग गरेको थियो ।

रूसले पछिल्लो पटक सन् २०२२ को फेब्रुअरीमा परिषद्को अध्यक्षता गरेको थियो ।

“रूसी अध्यक्षतामा हुने सुरक्षा परिषद्को महत्वपूर्ण कार्यक्रममा ‘संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूको रक्षामार्फत् प्रभावकारी बहुपक्षीयता’ माथि उच्चस्तरीय खुला बहस हुनेछ,” मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने ।

“यो बैठकको अध्यक्षता रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले गर्नुहुनेछ,” उनले भने ।

जाखारोभाले लाभरोभले अप्रिल २५ मा मध्यपूर्वको अवस्थाबारे बहसको नेतृत्व गर्ने योजना बनाएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने एडिबीको अनुमान

एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा

बुरुन्डीमा बाढीमा परी कम्तीमा २९ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित

  गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

  अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

    इजरायलले अक्टोबर ७ मा सुरु भएको विनासकारी युद्धको श्रङ्खलापछि रोकिएको इजाज